नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
झापाको दुधे रगंशालमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २-० ले पराजित गर्दै पुलिसले फाइनलमा आफनो स्थान बनाएको हो। पुलिसका लागि मिना देउवा र रेखा पौडेलले सफलता दिलाए।
खेलको ७० औं मिनेटमा मिनाको गोलबाट पुलिसले संकटामाथि अग्रता लिएको थियो। ८२ औँ मिनेटमा गोल गर्दै पुलिसलाई जित नजिक पुर्याइन् । सोपछि गोल हुन सकेन र पुलिसले फाइनलमा स्थान पक्का गर्यो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल कार्तिक २४ गते हुनेछ। विजेताले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रकाशित: २१ कार्तिक २०८२ १७:३२ शुक्रबार





