२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

झापा गोल्डकप : आज आर्मी र चर्च ब्वाइज भिड्ने

सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार (आज) त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा अपरान्ह साढे दुई बजेदेखि खेल सुरु हुनेछ।

शनिबारको उद्घाटन खेलमा आयोजक झापा–११ ले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो।

मोफसलको चर्चित प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँ, उपविजेताले सात लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ दिइनेछ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्ट क्लब (भारत), एन पेनाङ फुटबल क्लब (मलेसिया) र आयोजक झापा–११ गरी १० टोली सहभागी छन्।

विसं २०७२ देखि झापालाई फुटबल हव बनाउने लक्ष्यसहित सुरु भएको यो प्रतियोगिता पूर्वी नेपालका फुटबल प्रेमीमाझ निकै लोकप्रिय छ। यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई २५ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २५ माघ २०८२ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App