प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायम गरेको छ। हालसम्मको कुल ७८ लाख ११ हजार २०० सदर मतको परिणाम अनुसार रास्वपाले अन्य स्थापित दलहरूलाई निकै पछाडि पारेको हो।
सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३७ लाख ७९ हजार ६४० मतसहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ७१ हजार ७२० मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १० लाख ७७ हजार ८७२ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी ५ लाख ५२ हजार ४४५ मतसहित चौथो स्थानमा छ। नयाँ र साना दलहरूको उदय यस पटकको निर्वाचनमा रोचक देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६४ हजार ६६२ मत पाउँदा श्रम संस्कृति पार्टीले पनि २ लाख ५८ हजार ३२१ मतका साथ कडा टक्कर दिएको छ।
त्यसैगरी, जनता समाजवादी पार्टी, नेपालले १ लाख १६ हजार ४४१ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ८ हजार ५ मत प्राप्त गरेका छन्।
प्रकाशित: २५ फाल्गुन २०८२ ०७:०७ सोमबार





