१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

जेबी र लालीगुराँस फाइनलमा

आयोजक जेबी स्कुल र साविक विजेता लालीगुराँस नेसनल एकेडेमी मंगलबार दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ  फाइनलमा प्रवेश गरेका छन्।

बुढानीलकण्ठको च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले बिएमसिएलाई २५–१५ ले पराजित गर्‍यो। जेबीका नारायण अधिकारीले १२ स्कोर गरे। लालीगुराँसले वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३०–२० ले हरायो। लालीगुराँसका मन्सुब गुरुङले १२ अंक जोडे।

सिनियर गर्ल्समा सत्य साई र फेरिल्यान्डले उपाधि भिडन्त पक्का गरे। सत्य साईले बेलमोन्टलाई २५–१५ ले पाखा लगायो। सत्य साईकी मेघा शाहले १० अंक जोडिन्। फेरिल्यान्डले डिफेन्डिङ च्याम्पियन भ्याली पब्लिकलाई २६–१९ ले पन्छायो। फेरिल्यान्डकी करुणा बोगटीले १० अंक बटुलिन्। गत संस्करणको फाइनलमा भ्याली पब्लिकले फेरिल्यान्डलाई पारजित गर्दै उपाधि जितेको थियो। फाइनल बुधबार हुनेछ।

प्रकाशित: २८ माघ २०८२ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App