ओमनमा जारी आईसीसी टी–२० विशवकप र एसिया–इस्ट एसिया प्यासिफिक छनोटको आफ्नो दोस्रो खेलमा जापानले नेपालसामु १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमान क्रिकेट एकेडेमीमा पहिला ब्याटिङ गरेको जापानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको हो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ६० रन बनाए । यस्तै इसाम रहमानले ३१ रन जोडे । दुवैले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । बेन्जामिन डेभिसको नाममा १७ रन रह्यो ।
नेपालका लागि सन्दीप लामिछाने र गुल्शन झाले समान २ तथा सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।
समूह बी मा रहेका दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् । आजको खेलले समूह विजेताको टुंगो लगाउनेछ ।
प्रकाशित: २४ आश्विन २०८२ १७:५२ शुक्रबार





