काठमाडौं गोर्खाजविरुद्ध १३१ रनको लक्ष्य रक्षा गरिरहेको जनकपुर बोल्ट्सले खेलमा फर्कने संकेत देखाएको छ। जनकपुरले काठमाडौंको दोस्रो विकेटको रुपमा भीम सार्कीलाई पभेलियन फर्काएको हो।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सार्की ७ बलमा ३ रन मात्र बनाएर आउट भए। उनलाई स्पिनर ललित राजवंशीको बलमा विकेटकिपर लाहिरु मिलन्थाले क्याच आउट गराए।
यो समाचार तयार पार्दासम्म काठमाडौंले ९.४ ओभरमा २ विकेट गुमाएर ७५ रन बनाएको छ। यसअघि ओपनर बेन चार्ल्सवर्थ ४६ रनको विष्फोटक पारी खेलेर आउट भएका थिए।
जनकपुरले लगातार दुई विकेट लिएर खेलमा पुनरागमन गर्ने प्रयास गरे पनि काठमाडौं अझै बलियो स्थितिमा छ। काठमाडौंलाई अब जितका लागि ६२ बलमा ५६ रन आवश्यक छ र उसको हातमा ८ विकेट बाँकी छ। क्रिजमा ओपनर आकाश त्रिपाठी २४ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: १ मंसिर २०८२ १८:३७ सोमबार





