१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

विश्वकपमा इरानको सहभागिता अनिश्चित

अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अनिश्चित भएको छ।

इरानको फुटबल महासंघ (एफएफआइआरआई) का अध्यक्ष मेहदी ताजले अमेरिका र इजरायलले गरेको अप्रत्याशित बम आक्रमणपछि इरानले अमेरिकामा विश्वकपका खेल खेल्न पाउने वा नपाउनेबारे आफूलाई थाहा नभएको बताएका छन्।

इरान र इजरायलबिच आक्रमण र प्रत्याक्रमण चलिरहेका बेला एक सञ्चारमाध्यमसँग कुरा गर्दै मेहदी ताजले विश्वकप खेल्न सकिने बारे अपेक्षा नरहेको बताएका छन्। ‘यो आक्रमणपछि हामी विश्वकपतर्फ आशावादी भएर हेर्न सक्ने अपेक्षा गर्न सकिँदैन भन्ने कुरा निश्चित छ।’

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्या भएपछि इजरायल र अमेरिकासँग युद्ध नै सुरु भएको छ। साथै इस्लामिक गणतन्त्रको भविष्य अन्योलमा परेको र क्षेत्रीय अस्थिरताको जोखिम बढेको अवस्था छ।

अमेरिका र इजरायलको संयुक्त आक्रमण दोस्रो दिन पनि आइतबार जारी रह्यो। इरान विश्वकपको समूह ‘जी’ मा परेको छ, जुन समूहको खेल अमेरिकामा नै हुने तय छ। इरानले जुन १५ तारिखमा क्यालिफोर्नियाको इंगलउडमा न्युजिल्यान्डविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्ने तालिका छ। त्यसपछि इरानले जुन २१ मा बेल्जियमविरुद्ध र जुन २६ मा सियाटलमा इजिप्टसँग पहिलो चरणको अन्तिम खेल खेल्नेछ।

विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदै छ। यसअघि ट्रम्प प्रशासनले घोषणा गरेको पहिलो चरणको ट्राभल प्रतिबन्धअनुसार इरानका समर्थकहरूलाई अमेरिकामा प्रवेशमा रोक लगाइएको थियो। इरानको विश्वकप सहभागितासम्बन्धी वर्तमान अवस्थाबारे एपीले पठाएको इमेलमा फिफाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अर्जेन्टिनाका विंगर जियानलुका प्रेस्टियानीमाथि गत महिना युइएफए च्याम्पियन्स लिग खेलका क्रममा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरविरुद्ध जातीय टिप्पणी गरेको आरोप लागेको थियो । उक्त घटनामा उनले आफ्नो जर्सीले मुख छोपेर कुरा गरेका थिए।

प्रकाशित: १९ फाल्गुन २०८२ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App