२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

आईपिएलः मुम्बईविरूद्ध विजयी भए राजस्थान प्लेअफमा पुग्ने

इन्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इन्डियन्स र राजस्थान रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार ३ः४५ बजे वाङ्खडेमा सुरु हुनेछ।  

मुम्बईले टस जितेर पहिला ब्याटिङ रोजेपछि राजस्थानले पहिला ब्याटिङ गर्नेछ। आजको खेलमा जित निकाल्न सके राजस्थानले प्लेअफमा स्थान पक्का गर्नेछ। पाँचौ स्थानमा रहेको राजस्थानको १४ अंक छ। चौथो स्थानको पञ्जाव किङ्सको १५ अंक छ। मात्र ८ अंकमा नवौं स्थानमा रहेको मुम्बई विजयी भए राजस्थान प्लेअफबाट बाहिरिनेछ।

राजस्थानको हारले भने पञ्जावसँगै कोलकात्ता नाइट राइडर्सको प्लेअफ पुग्ने सम्भावना कायम रहनेछ।  

छैठौं स्थानको कोलकात्ता नाइट राइडर्सको १३ अंक रहेकाले आफ्नो अन्तिम खेलमा फराकिलो जित निकाल्न सके पञ्जावलाई उछिन्दै अन्तिम चारको यात्रा तय गर्नेछ।  

समान १८ अंक भएपनि रोएल च्यालेन्जर्स बेंगलुरु शीर्ष र गुजरात ताइटन्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा छनोट भएका छन्। उनीहरुको खेल मंगलबार हुनेछ।  

एलिमिनेटरमा सनराइजर्स हैदरावादले स्थान बनाएको छ। एलिमिनेटरमा छनोट हुने अर्को टोलीको टुंगो लाग्न बाँकी छ। आजै राति कोलकात्ता देल्ली क्यापिटल्सबीच खेल हुनेछ।  

प्रकाशित: १० जेष्ठ २०८३ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App