२५ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

आइपीएलः दिल्ली र गुजरात प्रतिस्पर्धा गर्दै

जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा हुन लागेको खेल नेपाली अनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ।

जारी आइपीएलमा दिल्ली क्यापिटल्सले आफ्नो दुवै खेल जितेर शानदार शुरुवात गरेको छ। दिल्लीले लखनउ सुपर जायन्टस्लाई ६ तथा मुम्बईलाई ६ विकेटले पराजित गरेको थियो।

त्यसैगरी गुजरात टाइटन्स्ले भने आफ्नो दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा पन्जाब किङ्ससँग ३ विकेटले हारेको गुजरात आफ्नो दोस्रो खेलमा राजस्थान रोयल्ससँग ६ रनले पराजित भएको थियो।

आज दिल्ली लगातार तेस्रो खेल जित्ने लक्ष्यको साथ मैदानका उत्रनेछ भने गुजरात पहिलो जितको खोजीमा हुनेछ।

प्रकाशित: २५ चैत्र २०८२ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App