२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

आइपिएल: बेंगलुरु बन्यो प्लेअफ पुग्ने पहिलो टोली, पञ्जाबको लगातार छैठौं हार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। धर्मशालामा भएको खेलमा पञ्जाब किङ्सलाई २३ रनले पराजित गर्दै बेंगलुरुले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो।

१८ अंकसहित बेंगलुरु शीर्ष स्थानमा छ। समान १३ खेलमा १३ अंक भएको पञ्जाब चौथो स्थानमा रहेको छ। जारी सिजन पञ्जाबको यो लगातार छैठौं हार हो। 

पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको बलियो योगफल तयार गरेको थियो। टोलीका लागि विराट कोहलीले ५८, देवदत्त पडिक्कल ४५ र वेंकटेश अय्यर नटआउट ७३ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब सुरुआतदेखि नै दबाबमा देखियो। प्रारम्भिक विकेट लगातार गुमाएपछि टोली खेलमा फर्किन संघर्षरत रह्यो। निर्धारित ओभरमा पञ्जाबले ८ विकेटको क्षतिमा १९९ रन मात्र बनाउन सक्यो। शशांक सिंहले ५६ रन बनाए पनि टोलीको हार भने टार्न सकेनन्। 

प्रकाशित: ३ जेष्ठ २०८३ २१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App