आईपीएल २०२६ को प्लेअफको टीमहरुको टुङ्गो लाग्दैछ।
शुक्रबार सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गर्दै १८ अंक पुर्याएको छ। तर, राम्रो नेट रन रेटका कारण बेंगलुरु पहिलो स्थानमा रह्यो। यससँगै, बेंगलुरु र गुजरातले मे २६ मा धर्मशालामा क्वालिफायर १ खेल्नेछन्।
चेन्नई सुपर किंग्सलाई हराएर गुजरात टाइटन्सले पहिले नै १८ अंक प्राप्त गरिसकेको छ। ०.६९५ नेट रनरेटको साथ टोली दोस्रो स्थानमा छ। १८ अंक नैपुर्याएको हैदराबाद भने कमजोर नेट रनरेटका कारण तेस्रो स्थानमा छ।
हैदराबादलाई आफ्नो रन रेट बढाउन बेंगलुरुविरुद्ध ९१ रनको जित आवश्यक थियो। ५५ रनले जित हासिल गरेपछि उनीहरु तेस्रो स्थानमा पुगेका हुन्।
अब चौथो स्थानको लागि राजस्थान रोयल्स, पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धामा छन्। पञ्जाबले आज लखनऊ सुपरजायन्ट्सको सामना गर्दैछ। प्लेअफको दौडमा रहन टोलीलाई जुनसुकै हालतमा जित हासिल गर्नुपर्नेछ। आजको खेलमा विजयी भएपनि पञ्जाबले राजस्थान र कोलकाता नाइट राइडर्सको नतिजा पनि कुर्नुपर्ने हुन्छ।
राजस्थान १४ अंकसहित चौथो स्थानमा यथावत् छ। टोलीको अन्तिम खेल मुम्बई इन्डियन्ससँग छ। मुम्बईलाई पराजित गरे राजस्थान प्लेअफमा सिधै पुग्ने छ।
कोलकाताको पनि १३ अंक छ। टोलीले दिल्ली क्यापिटल्सविरुद्ध जित हासिल गर्नुपर्नेछ र राजस्थान र पञ्जाबबाट हारको आशा गर्नुपर्नेछ।
दिल्ली १२ अंकसहित सातौं स्थानमा छ। टोलीको नेट रन रेट धेरै कमजोर छ। दिल्लीले कोलकाताविरुद्धको ठूलो जित साथै अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ।
मुम्बई, चेन्नई र लखनऊ सबै प्लेअफ दौडबाट बाहिरिएका छन्। चेन्नई सातौं स्थानमा, मुम्बई नवौं स्थानमा र लखनऊ अन्तिम स्थानमा छ।
प्रकाशित: ९ जेष्ठ २०८३ ०७:३६ शनिबार





