१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : इन्डोनेसियासँग खेल्दै नेपाल

इन्डोनेसियास्थित मागुवोहर्जो रंगशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।  

स्थानीय समयअनुसार खेल साँझ ७:३० बजे हुनेछ। नेपाल र इन्डोनेसियाबिचको यो दोस्रो खेल हो। यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो। जसमा समूह ‘ए’ मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो।  

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए। उनले भने, ‘नेपाली टोली शारीरिक र मानसिक दुवै रूपमा तयार छौं, हामी जितका लागि खेल्नेछौं।’  

नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थित हुने छैनन्। ‘इन्जुरी’ का कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रश्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले राससलाई जानकारी दिए।  

नेपाली टोलीका मुख्य प्रशिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो। जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै उपविजेता भएको थियो।  

त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो (सुब्बा) ले गर्ने छिन्। उनले आफ्नो टोली मानसिक रूपमा तयार रहेकोले जित हासिल गर्ने बताइन्। आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन्। प्रतियोगिता यही मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १० मंसिर २०८२ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App