१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एनपीएल दोस्रो संस्करणबारे अन्तर्राष्ट्रिय स्तरमा चर्चा

काठमाडौंको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) दोस्रो संस्करणबारे अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ।

विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपीएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा ध्यान तानेको हो। भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान–पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपीएललाई स्थान दिँदै चर्चा गरेका छन्। एनपीएलबारे भारतमा स्टार स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ। भारतकै ‘फनकोड डटकम’लगायतमा पनि एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेको छ।

संयुक्त अधिराज्य बेलायतस्थित ‘क्रिकेट वर्ल्ड डटकम’ ले एनपीएल–२ का टिम, स्क्वाड र विदेशी खेलाडीबारे विस्तृत सामग्री प्रकाशन गरेको छ। फाफ डू प्लेसिस, जेसन रोय र इम्रान ताहिरजस्ता अन्तर्राष्ट्रिय खेलाडीको सहभागितालाई यसले नेपालको फ्रेन्चाइज क्रिकेट स्तरवृद्धिका साथै एनपीएललाई दक्षिण एसियाली टी–२० संरचनामा उदाउँदै गरेको नयाँ अवसरका रूपमा चर्चा गरेको छ। बिबिसी नेपाली सेवाले सोमबारको ‘साँझपख’ मा उद्घाटनका दिनका खेलमा जनकपुर बोल्टस्लाई काठमाडौं गोर्खाजले पराजित गरेको र क्रिकेटप्रेमीको आकर्षणबारे समाचार सम्प्रेषण गरेको थियो।

बेलायतकै क्रिकेट प्लेटफर्म ‘विस्डेन डटकम’ले यसपटक एनपीएलको प्रसारण ढाँचामा आएको परिवर्तनलाई व्याख्या गरेको छ। यस प्रकारको स्थानले नेपाली क्रिकेट अब क्षेत्रीयस्तरमा प्रतिस्पर्धी बन्दै गएको सङ्केत मिलेको मान्न सकिन्छ।

प्रकाशित: २ मंसिर २०८२ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App