२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

चैत ४ गतेदेखि 'इन्टर-ल' क्रिकेट प्रतियोगिता

स्वतन्त्र विघार्थी युनियन नेपाल ल क्याम्पसले 'इन्टर-ल' क्रिकेट च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने भएको छ। 

कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलको मैदानमा आगामी चैत्र ४ गतेदेखि सुरु हुने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्ने स्वतन्त्र विघार्थी युनियन, नेपाल ल क्याम्पसकी स्वीयु कोषाध्यक्ष बिधिशा मिश्रले जानकारी दिइन्। 

उनका अनुसार टी-२० फर्म्याटमा आयोजना हुने प्रतियोगितामा दैनिक तीनदेखि चार वटा खेल हुने छन्। त्यस्तै, प्रतियोगितामा पुरुषतर्फको विजेता टोलीले एक लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

त्यस्तै, महिलातर्फ प्रथम हुने टोलीले ६६ हजार रुपैयाँ पाउनेछ। यो प्रतियोगिता भविष्यका कानुनी पेशेवरबीच खेलकुद भावना, एकता, नेतृत्व र नेटवर्किङलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। 

प्रकाशित: २९ फाल्गुन २०८२ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App