नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले घरेलु मैदानमा हुने बंगालदेश र नेपालबीचको मैत्रीपूर्ण खेलपछि अन्तराष्ट्रिय खेलबाट सन्यास लिने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भरतले बंगालदेशविरुद्धको खेल पछि सन्यास लिने जानकारी दिएको छ।
एन्फाले भनेको छ, ‘अनुभवी फरवार्ड भरत खवासले पनि टोलीसँग प्रशिक्षण गरिरहेका छन्। उनी बंगलादेशको खेलपछि अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिने तयारीमा छन्। यस कारणले उनी राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना छ।’
भरतले त्रिभुवन आर्मी क्लबाट घरेलु प्रतियोगिता खेल्दै आइरहेका छन्।
प्रकाशित: १५ भाद्र २०८२ १६:५९ आइतबार





