महिला टी-२० एसिया कपमा भारतले पाकिस्तानमाथि ७ विकेटको शानदार जित निकालेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानलाई भारतले १८.१ ओभरमा मात्र ५५ रनमा अलआउट गर्यो। भारतका स्पिनरले उत्कृष्ट बलिङ गर्दै पाकिस्तानी ब्याटिङ ध्वस्त पारे।
श्री चारानी र प्रेमा रावतले समान ३ विकेट लिए। चारानीले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिइन् भने रावतले ९ रनमा ३ विकेट हात पारिन्। दीप्ति शर्माले ५ रन खर्चेर २ विकेट लिइन्।
पाकिस्तानका लागि शावाल जुल्फिकारले १४ तथा मुनीबा अलीले १३ रन बनाएका थिए। २७ रनको सुरुवाती साझेदारीपछि पाकिस्तानले लगातार विकेट गुमाउँदै कमजोर योगफलमा सीमित भयो।
५६ रनको सामान्य लक्ष्य भारतले ९ ओभर नपुग्दै ३ विकेट गुमाएर पूरा गर्यो। यो पाकिस्तानको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा कम योगफल हो। यसअघि पाकिस्तानको न्यूनतम योगफल सन् २०१२ मा भारतविरुद्ध ६३ रन थियो।
प्रकाशित: २१ भाद्र २०८३ ११:११ आइतबार





