२१ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

आश्वासन

लघुकथा

धनपालमा निकै ठुलो छटपटी र उकुसमुकुस देखियो। यसैले त उनी आफ्नै बैठक कोठामा घरी यता र उता गरेर ओहोरदोहोर गरिरहेको थिए। उनको त्यतिबेलाको हालत हेर्नु हो भने एकदमै नाजुक जो खालबाट हारेर निस्किएको ज्वाँडेको जस्तै ठ्याक्कै देखिन्थ्यो। साम, दाम र दण्डभेद सबै नै जुक्ति लगाउनसम्म नै लगाएको नै हो तैपनि नतिजा उल्टो आएको थियो।

यसैले यस छटपटी र तनावको बीचमा नै धनपालले आफ्नो निकट विश्वास पात्र साथै सहयोगी कालीप्रसादतर्फ हेरेर लामो स्वास फेर्दै सोध्यो: ए! कालीप्रसाद काम भनेबमोजिम नै गर्‍याै नि?कालीप्रसादले विश्वासको साथ भने: हजुर! खर्चपानी भनेबमोजिम गर्‍या हो।

फेरि पसिना पुछदै धनपालले सोधे: हामी तेसो भने खै कहाँ चुक्यौ?कालीप्रसाद।

यसो केही गमेर कालीप्रसादले भन्यो,  हजुर! यसबारे त्यहाँ फुर्वालाई सोधौ।

धनपालले आदेशात्मक मुद्रामा भन्यो: ल के रहेछ? तेसो हो भने फोन लगाउ।

कालीप्रसादको फोन रिसिभ गर्दै उताबाट फुर्वा बोल्यो: ओहो!नेताज्यू नै पो?

धनपालले भन्यो : फुर्वा!यो के धोका हो?

फुर्वाले जवाफ दिँदै भन्यो:  तपाईंहरूले झुठो आश्वासन मात्रै देखाउनुभयाे! यो पटक हामीले मत बदली जवाफ दियौं।

फुर्वाको यो कुरा सुनिसकेपछि धनपाल डंगरङ्ग ढल्न पुग्यो।

प्रकाशित: २१ भाद्र २०८३ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App