१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

भारत, पाकिस्तान र श्रीलंका विजयी

भारत, पाकिस्तान र श्रीलंकाले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा मंगलबार जित हात पारेका छन् । दोहोरो जित हात पारेको भारत ब्वाइज-गर्ल्स दुवैमा विजयी भयो । दुवै विधामा भारतको यो पहिलो खेल हो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजतर्फ समूह ‘ए’ को खेलमा भारतले भुटानलाई ३–० ले पराजित गर्‍यो । समूह ‘ए’ कै गर्ल्सको प्रतिस्पर्धामा भारतले माल्दिभ्सलाई ३–० ले हरायो । भुटान र माल्दिभ्सको लगातार दोश्रो पराजय हो । पहिलो दिन सोमबार ब्वाइज-गर्ल्समा श्रीलंकाले क्रमशः भुटान र माल्दिभ्सलाई हराएको थियो ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत ब्वाइजको समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० ले पाखा लगायो । पहिलो दिन नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।

गर्ल्सको समूह ‘ए’ को खेलमा श्रीलंकाले पाकिस्तानलाई ३–० ले पन्छायो । दुई खेलमा श्रीलंकाको लगातार जित हो भने त्यत्ति नै खेलेको पाकिस्तानले लगातार हारको सामना गरेको छ । पहिलो दिन पाकिस्तानमाथि नेपालले जित रचेको थियो ।

बंगलादेश बाहेक दक्षिण एसियाका ६ राष्ट्र सहभागी यो प्रतियोगिताबाट ब्वाइज-गर्ल्स दुवैमा शीर्ष २ स्थानमा रहने टोली एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुने छन् । एसियाली प्रतियोगिता यसै वर्ष सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुनेछ ।

प्रकाशित: १ वैशाख २०८३ १६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App