२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

इंल्यान्डविरुद्धको अन्तिम टेस्टमा भारतले गर्यो चार परिवर्तन, स्टोक्स पनि मैदान बाहिरै

इंल्यान्ड र भारतबीचको पाँचौ तथा अन्तिम टेस्ट क्रिकेट सुरु भएको छ । ओभलमा केहीबेर अघि भारतले ब्याटिङ सुरु गरेको छ । घरेलु टोली इंल्यान्डले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङ थालेको हो ।  

अन्तिम टेस्टमा भारतले आफ्नो टिममा चार परिवर्तन गरेको छ । वर्ल्ड क्लास बलर जसप्रित बुमराह र भरपर्दा ब्याटर तथा विकेटकिपर रिसब पन्तलाई भारतले बेन्चमा राखेको छ । यस्तै चौथो टेस्टमा रहेका शार्दुल ठाकुर र अन्सुल काम्बोज पनि पाँचौ टेस्टको प्लेइङ सेटमा अटाएनन् ।  

उनीहरुको स्थानमा भारतले करुण नायर, ध्रुव जुरेल, आकाश दीप र प्रशिद्ध कृष्णालाई टोलीमा समेटेको छ । जुरेलले पाँचौ टेस्टमा विकेट किपिङ गर्नेछन् ।  

इंल्यान्डमा पनि बेन स्टोक्स पनि काँधमा देखिएको समस्याका कारण मैदान उत्रिएका छैनन् । इंल्यान्डको कप्तानी ओली पोपले गरेका छन् । भारतमा भने नियमित कप्तान सुभमन गिलले नै बेन्ड लगाएका छन् ।  

यसअघिका चार खेलमा घरेलु टोली २-१ ले अघि छ । 

प्रकाशित: १५ श्रावण २०८२ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App