भारतका कप्तान सूर्यकुमार यादवले भारत र पाकिस्तानको खेललाई अब प्रतिद्वन्द्वी भन्न नमिल्ने बताएका छन्।
आइतबार भएको खेलमा पाकिस्तानमाथि शानदार जित हात पारेपछि सूर्यकुमारले पत्रकारसँग बोल्दै भारत र पाकिस्तानबीचको खेललाई अब प्रतिद्वन्द्वी भन्न नमिल्ने बताएका हुन्। उनले भने, 'हामीले उनीहरूभन्द राम्रो क्रिकेट खेल्यौँ, मलाई तथ्यांक के हो थाहा छैन, तर यो अब प्रतिद्वन्द्वी होइन। मापण्ड र प्रतिद्वन्द्वी उस्तै हो, मेरो विचारमा, यदि दुई टोलीले १५-२० खेल खेल्छन् र यदि हेड-टू-हेडे ७-७ वा ८-७ छ भने, त्यसलाई प्रतिद्वन्द्विता भनिन्छ।'
जारी एसिया कपमा भारतले पाकिस्तानसँग खेलेको दुई वटै खेलमा विजयी हासिल गरेको छ। भारत एसिया कपको साविक विजेता समेत हो।
प्रकाशित: ६ आश्विन २०८२ ११:३४ सोमबार





