४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

पाँचौं टी-२० मा न्युजिल्यान्डलाई हराउँदै भारतले सिरिज जित्यो

न्युजिल्यान्डलाई हराउँदै भारतले टी-२० शृंखला जितेको छ। भारत, तिरुवनन्तपुरममा भएको पाँचौँ तथा अन्तिम टी-२० खेलमा भारतले न्युजिल्यान्डलाई ४६ रनले पराजित गर्दै पाँच खेलको टी-२० शृंखला ४-१ ले जितेको हो। यो जित टी-२० विश्वकप अघिको अन्तिम खेल थियो।

भारतले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा २७१ रन बनाएको थियो। यो भारतको टी-२० मा उच्च स्कोरहरू मध्ये एक हो। २७२ रनको लक्ष्य पछ्याउँदै न्युजिल्यान्डको टोली १९ दशमलव ४ ओभरमा २२५ रनमा अलआउट भयो।

भारतका लागि इशान किशनले ४३ बलमा १०३ रन बनाएर आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरे। कप्तान सूर्यकुमार यादवले ३० बलमा ६३ रन बनाए। हार्दिक पाण्ड्याले १७ बलमा ४२ रन थपे।

न्युजिल्यान्डका लागि फिन एलेनले ३८ बलमा ८० रन बनाए भने इश सोधीले १५ बलमा ३३ रन जोडेका थिए। भारतको बलिङमा अर्शदीप सिंहले ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे भने अक्षर पटेलले ३ विकेट लिए। इशान किशन म्याच अफ द म्याच भए। 

प्रकाशित: १८ माघ २०८२ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App