भारतले अष्ट्रेलियालाई चौथो टी–२० खेलमा ४८ रनले हराउँदै सिरिजमा २–१ को अग्रता बनाएको छ। पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो मुकाबलामा भारतले शानदार प्रदर्शन गर्दै जित हात पारेको हो। आतिथ्य टोली अष्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए।पहिलो ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६७ रनको योगफल तयार ग-यो।
जवाफमा १६८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको अष्ट्रेलियाली टोली १८.२ ओभरमै ११९ रनमा अलआउट हुन पुग्यो।
यससँगै भारतले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता कायम गरेको छ। भारत र अष्ट्रेलियाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। एजेन्सी
प्रकाशित: २१ कार्तिक २०८२ ०७:०१ शुक्रबार





