एसीसी एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश आमने- सामने हुँदैछन्।
खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालमा नेपाली समय अनुसार आजराति सवा आठमा सुरु हुनेछ। यसअघि भएको सुपर फोर अन्तर्गतको खेलमा भारत र बंगलादेश दुवैले जित हात पारेका थिए ।
सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई चार विकेटले जित्दै सुखद सुरुआत गरेको थियो। त्यस्तै, भारतले पनि पाकिस्तानमाथि ६ विकेटको शानदार जित हात पारेको थियो। जारी प्रतियोगितामा भारतको अपराजित यात्रा कायम छ।
आज जित्ने टोलीले एसिया कपको फाइनल प्रवेश गर्न सहज हुनेछ । सुपर फोरका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।
जारी प्रतियोगितामा आठ टोलीले सहभागीता जनाएको थियो। जहाँ भारत, पाकिस्तान, बंगालदेश र श्रींलकाले सुपर फोरमा आफ्नो स्थान बनाएको हो ।
प्रकाशित: ८ आश्विन २०८२ १७:०८ बुधबार





