माल्दिभ्समा जारी साफ यू-२० पुरुष च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार भारत र बंगालदेशबीच प्रतिस्पर्धा हुँदैछ।
खेल माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
भारतले सेमिफाइनलमा भुटानलाई ५-० गोलले र बंगालदेशले नेपाललाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
जारी प्रतियोगितामा आयोजक राष्ट्र माल्दिभ्ससँगै कूल ७ टोलीले प्रतिस्पर्धा गरेका थिए। भारत साफ यू- २० को साविक विजेता टोली हो।
प्रकाशित: २० चैत्र २०८२ १२:४७ शुक्रबार





