२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा अफवाह फैलाउने ११ नेपाली पक्राउ: के हुन्छ कारबाही

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्री

सामाजिक सञ्जालबाट अफवाह फैलाएको आरोपमा खाडीका चार देशबाट ११ नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै चार जना साउदी अरेबियाबाट छन् । त्यस्तै यूएई र कतारबाट तीन/तीन जना पक्राउ परेका छन् भने एक जना ओमानबाट पक्राउ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

पक्राउ परेका नेपालीलाई डिपोर्टसम्मको कारबाही हुनसक्ने छ । जरिवाना के कति लाग्ने र पक्राउ परेकाको रिहाइ प्रक्रिया के हुने भन्ने विषयमा जानकारी लिने काम भइरहेको  परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।  सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आरोपमा उनीहरू पक्राउ परेको क्षेत्रीले बताए । 

युद्धग्रस्त पश्चिम एसियाली देशले सामाजिक सञ्चालमा प्रवाह हुन् भ्रमपूर्ण सन्देशहरूमाथि कडाइ गर्दै आएका छन् ।

प्रकाशित: २० चैत्र २०८२ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App