४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

आइसिसी टी ट्वान्टी विश्वकप २०२६: बंगलादेशका खेल पाकिस्तानमा गर्ने इच्छा

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले टी ट्वान्टी विश्वकप २०२६ का लागि भारत यात्रा गर्ने या नगर्नेबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अहिलेसम्म कुनै जबाफ पाएको छैन।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले यस अनिश्चितताका बीच श्रीलंकाले आयोजना गर्न नसकेमा बंगलादेशका खेलहरू आयोजना गर्न इच्छा देखाएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्सले बंगलादेशका बलर मुस्ताफिजुर रहमानलाई टिमबाट हटाएपछि दुई देशबीच तनाव बढिरहेको छ।

बिसिबीले पनि बंगलादेशका खेलहरू भारतबाट सारेर सहआयोजक श्रीलंकामा आयोजना गर्न आइसिसीसँग आग्रह गरेपछि अवस्था झन् गम्भीर बनेको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बंगलादेशमा जारी राजनीतिक र सामाजिक अशान्तिको कारण देखाउँदै रहमानलाई टोलीबाट हटाउन कोलकातालाई निर्देशन दिएको थियो।

बंगलादेशी खेलाडी अनुबन्धबारे भारतमा कडा प्रतिक्रिया आएपछि कोलकाताले पनि उक्त कदम चालेको बताइएको छ। तर, उक्त कदमपछि दुवै देशबीचको सम्बन्ध अझ तनावपूर्ण बनाएको छ। पाकिस्तानको एक सञ्चारमाध्यमका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) टी ट्वान्टी विश्वकप २०२६ अन्तर्गत बंगलादेशका खेलहरू आयोजना गर्न तयार रहेको जनाएको छ। यदि श्रीलंकामा खेलस्थल उपलब्ध नभएमा आपूm आयोजना गर्न तयार रहेको पिसिबीले औपचारिक रूपमा आइसिसीलाई जानकारी गराएको छ। ‘सुरक्षा चिन्ताका कारण बिसिसीले भारत यात्रा नगर्ने निर्णय गरेको छ। पाकिस्तान क्रिकेट बोर्डले बंगलादेशका खेलहरू आयोजना गर्न इच्छा व्यक्त गरेको छ,’ एक स्रोतले उल्लेख गरेको छ।

यसबारे पाकिस्तानले पनि औपचारिक रूपमा आइसिसीमा जानकारी गराइसकेको सञ्चारमाध्यममा उल्लेख छ। ‘श्रीलंकामा स्थल उपलब्ध नभएमा बंगलादेशका विश्वकप खेलहरू पाकिस्तानमा आयोजना गर्न सकिने विषयमा आइसिसीलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ। पाकिस्तानका सबै मैदानहरू विश्वकप खेल आयोजना गर्न पूर्ण रूपमा तयार छन्,’ रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार आइसिसीका महŒवपूर्ण प्रतियोगिताहरू केही समयअगाडि मात्र पाकिस्तानले आयोजना गरेको अनुभवका आधारमा कुनै समस्याबिना यी खेलहरू आयोजना गर्न सक्ने पिसिबीले विश्वास व्यक्त गरेको छ।

आफूहरूसँग आवश्यक पूर्वाधार र व्यवस्थापन क्षमता रहेको पिसिबीको दाबी छ। केही समयअगाडि पाकिस्तानले यसअघि च्याम्पियन्स ट्रफी २०२५ र आइसिसी महिला क्वालिफायरजस्ता प्रमुख प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। ‘त्यसैले यी खेलहरू पनि सहज रूपमा सञ्चालन गर्न सक्षम छ,’ रिपोर्टमा भनिएको छ।

आइसिसीले बंगलादेशका खेलहरू भारतमै रहने वा अन्यत्र सारिने भन्ने विषयमा अहिलेसम्म अन्तिम निर्णय गरेको छैन। यो विषय अभैm छलफलमै रहेको छ र हालसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन। हालको तालिकाअनुसार बंगलादेश समूह ‘ए’ मा रहेको छ।

बंगलादेशले फेब्रुअरी ७ तारिखमा कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिजविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। बंगलादेशले फेब्रुअरी ९ र फेब्रुअरी १४ तारिखमा सोही मैदानमा इङ्ल्यान्ड र इटालीसँग खेल्ने तालिका छ।

समूहचरणको अन्तिम खेल बंगलादेशले फेब्रुअरी १७ तारिखमा मुम्बईको वाङ्खडे स्टेडियममा नेपालविरुद्ध खेल्नेछ। टी ट्वान्टी विश्वकप २०२६ फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुनेछ। हालका लागि आइसिसीले परिवर्तन नगरेसम्म बंगलादेशका चारवटै समूहचरणका खेलहरू भारतमै हुने तालिका छ।  

प्रकाशित: २८ पुस २०८२ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App