२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

आईसीसीले सार्वजनिक गर्‍यो उत्कृष्ठ ११ खेलाडी, कुशल भुर्तेल शीर्ष स्थानमा

आइसिसी टी–२० विश्वकप एसिया छनोटमा दमदार प्रदर्शन गरेका खेलाडीहरूलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीले) ले उत्कृष्ट ११ खेलाडीको सूची सार्वजनिक गरेको छ। यो सूचीमा नेपालका चार खेलाडीले स्थान बनाउन सफल भएका छन् ।  

सूचीको शीर्ष स्थानमा ओपनर कुशल भुर्तेल छन् । उनले हालैको छनोटमा आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। उनीसँगै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी, अलराउन्डर गुलशन झा र स्पिनर सन्दीप लामिछाने पनि उत्कृष्ट ११ मा पर्न सफल भएका छन्।

यसपटकको टिममा अन्य देशबाट राम्रो प्रदर्शन गर्ने खेलाडी पनि समावेश छन्। कतारका जुबेर अली र कप्तान मिर्जा बेग, संयुक्त अरब इमिरेट्स (यूएई) का अलिशान सराफु, जापानका एसाम रहमान, र ओमानका विनायक शुक्ला, नदीम खान तथा जितेनकुमार रमानन्दी उत्कृष्ट खेलाडीको सूचीमा परेका छन्।

नेपालका चार खेलाडीको नाम यसरी समावेश हुनु नेपालको हालैको प्रदर्शन र टोलीको उदीयमान क्षमताको अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको छ।

प्रकाशित: ३१ आश्विन २०८२ २०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App