४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

नेपाल प्रिमियर लिग खेल्न पाउँदा निकै उत्साहित छु : क्रिस लिन

अष्ट्रेलियन क्रिकेटर क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्। 

शुक्रबार बिहान क्रिसलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको हो। उनी सुदूरमा अनुबन्ध हुने पहिलाे विदेशी खेलाडी समेत हुन्।

उनले सुदूरपश्चिममा आबद्ध भएपछि एनपिएल खेल्न निकै उत्साहित रहेको बताए। उनले भने, 'म नेपाल प्रिमियर लिग खेल्न पाउँदा निकै उत्साहित छु, यहाँको क्रिकेट प्रेमीहरूको अगाडि खेल्न पाउँदा पनि उत्साहित छु।'

क्रिसले सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेका क्रिसले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन्। उनले बिग ब्यास लिग आईपिएल जस्ता फ्रेन्चाइज लिगहरू खेलेका छन्।

क्रिस लिनलाई टोलीमा समावेश गराउन पाउँदा निकै खुसी भएको सुदूरपश्चिम रोयल्समा मालिक स्वतन्त्र प्रताप शाह बताउँछन्। 'क्रिसलाई टोलीमा आबद्ध गर्न पाउँदा निकै खुसी भएका छौँ, हाम्रो पहिलैदेखिको चाहानै अस्ट्रेलियन खेलाडीलाई ल्याउने थियो। क्रिसको आगमनपछि टोली थप मजबुत हुनेछ।'

दोस्रो संस्करणको एनपिएल आगामी मसिंर १ गतेबाट सुरु हुँदै छ। सूदूरपशिचम रोयल्स एनपिएल सिजन-१ को उपविजेता टोली हो।

प्रकाशित: २० भाद्र २०८२ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App