२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

आयोजक रेडियन्टको जित

आयोजक रेडियन्ट पब्लिकले बुधबार ११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ जित निकालेको छ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले निःसर्ग वाटिकालाई १७–१३ ले पराजित गर्‍यो। रेडियन्टको जितमा सेजल रोक्काले ५ अंक योगदान गरिन्। सोही स्पर्धामा हिसी ल्हामु लामाको ८ अंक सहयोगमा स्वर्णिमले एलआरआईलाई २४–८ ले हरायो। सिनियर ब्वाइजमा एलआरआईले राइजिङलाई २५–२३, कश्यपले आयोजक रेडियन्ट ‘बी’ लाई ३६–२८, निःसर्गले नवीन ज्योतिलाई २८–२४ र स्वर्णिमले एलेन मेमोरियललाई २३–१२ ले पाखा लगाए। एलआरआईका सुजल मडैले १७, कश्यपका ईशान तिमिल्सिनाले २१, निःसर्गका सामान्य श्रेष्ठले १२ र स्वर्णिमका निश्चलले ७ स्कोर गरे।

जुनियर ब्वाइजमा विस्डमले केभिसीलाई २३–११, नवीनज्योतिले कश्यपलाई १३–४ र इडेन ब्रिज एकेडेमी (इबिए) ले निः सर्गलाई ३२–६ ले पन्छाए। विस्डमका साहिलले ११, नवीन ज्योतिका युनिहेस तामाङले ४ र इबिएका प्रसिक श्रेष्ठले १० अंक बटुले।

प्रकाशित: ४ मंसिर २०८२ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App