आयोजक जेबी स्कुल शनिबार दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
जेबीले पारामाउन्ट एकेडेमीलाई २०–१९ को झिनो अन्तरले पराजित गर्यो। जेबीका गौरव ओलीले १० अंक जोडे। पहिलो खेलमा जेबीले स्कोलर्स होमलाई ३१–२५ ले हराएको थियो। जुनियर ब्वाइजमै ओएसिस एकेडेमीले आरम्भलाई २०–१० ले पाखा लगायो।
ओएसिसका विनय डंगोलले ८ स्कोर गरे। दोस्रो खेलमा ओएसिसको पहिलो जित हो। सिनियर गल्र्समा भ्याली पब्लिकले त्रिवेणीलाई ३८–२० ले पन्छायो। भ्याली पब्लिककी सेलिना गुरुङले १७ अंक जोडिन्। भ्याली पब्लिक क्वार्टरफाइनलमा पुगेको छ भने लगातार दोस्रो हारसँगै त्रिवेणी प्रतियोगिताबाट बाहिरिएको छ। वसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले सत्य साईमाथि ३०–२० को जित दर्ता गर्यो। बिएनएकी आकृति यादवले ९ स्कोर गरिन्।
प्रकाशित: २५ माघ २०८२ १०:०३ आइतबार



-600x400.jpg)

