२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

आयोजक ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स च्याम्पियन

आयोजक ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१औं ज्ञान कार्निभलमा बास्केटबल र फुटबलतर्फ  च्याम्पियन बनेका छन्।

खोकनास्थित आयोजक ज्ञानोदय बालवाटिकाको हलमा मंगलबार सम्पन्न बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा रिब्स च्याम्पियन भएका हुन्। एलएले फुटबलको उपाधि उचालेको हो।

ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टिआइएलाई ७७–७२ ले पराजित गर्‍यो। ज्ञान निकेतनको जितमा दिप्सन अधिकारीले ३२ अंक  जोडे। गल्र्सको उपाधि भिडन्तमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१–१६ ले हरायो। रिब्सकी सुप्रिया मल्लले २१ अंक जोडिन्। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिप्सन र सुप्रिया मोस्ट भेलुएबल प्लेयर घोषित भए। ब्वाइज फुटबलमा पाँच टोली सहभागी थिए। त्यसमा एलए सर्वाधिक १२ अंक जोड्दै पहिलो भएको हो।

राउन्ड रोबिन लिगमा एलएले बृहस्पति विद्यासदनलाई ६–०, द एक्सेल्सियर स्कुललाई २–०, आयोजक ज्ञानोदयलाई ३–१ र मल्पीलाई ६–१ गोलले पराजित गरेको थियो। बृहस्पति ७ अंकसाथ दोस्रो भयो। बृहस्पतिले एक्सेल्सियर र मल्पीलाई हराएको थियो। ज्ञानोदयसँग बराबरी खेलेको बृहस्पति एलएसँग पराजित भएको थियो।

विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा र सिनियर भाइस प्रिन्सिपल भानु एल गायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १८ भाद्र २०८२ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App