‘हिट किक बक्सिङ-५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवा रिङमा उत्रने भएका छन्।
जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का बोल्र्ड मेन इभेन्ट)मा हिमालयन चितुवाले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन स्वीनार्डसँग भीड्ने छन्।
हिमालयन चितुवाले हालसम्म हिट किक बक्सिङमा चार पटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल र केवान क्रस १७५ र १८२ को दुईपटक टाइटल म्याच चुम्न सफल भइसकेका छन्।
हालसम्म २८ वटाभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी २० वटामा विजय हासिल गर्ने एक मात्र खेलाडी हुन्। नेपालको गौरव, अदम्य साहस र उचो शानलाई बक्सर खेलका चम्किला तारा घिमिरेले अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेका छन्।
अन्तर्राष्ट्रिय किक बक्सिङको इतिहासमा उनले आफूलाई अब्बल सावित गर्न सफल भएका छन्।
प्रकाशित: १८ भाद्र २०८३ ०९:४८ बिहीबार





-600x400.jpg)