२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल सुरु, कुशल र आसिफ ओपनिङमा

नेपाली क्रिकेटको ऐतिहासिक क्षण सुरु भएको छ। शारजाह क्रिकेट रंगशालामा नेपाल र दुई पटकको विश्वविजेता वेस्ट इन्डिजबीचको पहिलो ट- २० अन्तर्राष्ट्रिय खेल भर्खरै सुरु भएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख क्रिजमा उत्रिएका छन्।

नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु भएको युनिटी कप को यो पहिलो खेलमा नेपाल विश्व क्रिकेटको पावरहाउस मानिने वेस्ट इन्डिजसामु उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले बलियो सुरुवात गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८२ २०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App