१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

एनभिएलका मार्की खेलाडीमा हिमालसहित ६ खेलाडी

गण्डकी प्रदेशका चर्चित स्पाइकर हिमाल सुनारीसहित ६ खेलाडी नेपाल भलिबल लिग (एनभीएल) मा  ६ वटा फ्रेन्चाइज टोलीका मार्की खेलाडी भएका छन्। 

केडिया ग्रुपको आयोजनामा ‘उचाईको नयाँ उडान’ नारा साथ नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा शुक्रबार वटा फ्रेन्चाइज टोलीले मार्की खेलाडी घोषणा गरेक हुन् । गण्डकीका चर्चित खेलाडी हिमाललाई अन्नपूर्ण स्पाइकर किङ्सले मार्की बनाएका छन्। 

सगरमाथा स्म्यासर्समा हरिहजुर थापा, मधेश वारियर्समा रविन नगरकोटी, काठमाडौं रेड्समा सुनिल बोहरा र कर्णाली शिवराजमा पहल गहतराज र खप्तड फाल्कन्समा धिरोज बस्नेत मार्की खेलाडीका रुपमा अनुबन्ध भएका छन्। 

यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोलीसहित टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ। 

त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजनसंग सम्झौता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुनेछ।  

प्रकाशित: २ श्रावण २०८३ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App