१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

२ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी प्रहरीको फन्दामा

चेक अनादर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ। 

बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–८, खजुरा निवासी अन्दाजी ३५ वर्षीय रुबेन सिह बस्याललाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका वस्याललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिँदै अदालतबाट सजाय तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने कार्यमा प्रहरी सक्रिय रहेको पनि जनाइएको छ।  

प्रकाशित: १४ श्रावण २०८३ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App