२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

हेड टु हेड: नेपाल भर्सेस कतार

आइसिसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्समा नेपालल र कतार आज आमने सामने हुँदै छन्।

ओमानमा जारी उक्त छनोटमा सोमबार खेल अल अमेरोत क्रिकेट स्टेडियमको ट्रफ १ मा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुँदैछ। नेपाल जारी छनोटमा अपराजित रहेको छ। यस्तै, कतार भने समूह चरणमा एक खेलमा जित र अर्को खेलमा पराजित हुँदै सुपर सिक्समा प्रवेश गरेको थियो। सुपर सिक्सको सुरुकै खेलमा कतार ओमानसँग ३२ रनले पराजित हुँदै सुपर सिक्सका यात्रा सुरु गर्यो।

आज हुने खेलअघि नेपाल र कतारले टी- २० आई अन्तर्राष्ट्रिय क्रिकेटमा ३ पकट प्रतिस्पर्धा गरिसकेका छन्। जहाँ २ खेलमा नेपालले जितेको छ भने एक खेल कतारले जितेको छ।

सुरुवाती खेलमै पराजय भोगेको कतार आज नेपाललाई हराउने दाउमा मैदान आउने छ। कतारले नेपाललाई सन् २०१९ मा भएको आइसिसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट ४ विकेटले पराजित गरेको थियो। आज कतार त्यो क्षण फेरि दोहोाउन चाहन्छन्।

नेपाल पनि आफ्नो अपराजित यात्रालाई कायमै राखेर मैदान आउने छ। यसअघि जारी विश्वकप छनोटको लागि तयारी स्वरुप खेलिएको अभ्यास खेलमा पनि नेपालले कतारलाई हराएको थियो। नेपालले आईतबार संयुक्त अरब इमिरेटस (युएई)लाई १ रनले पराजित गर्दै  सुपर सिक्समा राम्रो सुरुवात गरेको छ।

सो जितपछि नेपाली खेलाडीको मनोबल उच्च भएको छ, त्यही मनोबल र जितलाई निरन्तरता दिँदै नेपाल कतारको अघि आउने छ। कतारले भने सुरुवाती खेलमै अंक जोड्न नसकेपछि आजको खेलमा दबाब र जित्ने लक्ष्य लिएर आउँछ।

जारी छनोट खेलमा नेपाल तालिकाको दोस्रो स्थानमा छ भने कतार पाँचौँ स्थानमा छ। शीर्ष तीन टोलीमा आफ्नो स्थान सुरक्षित पार्ने कतारले आज नेपाललाई हराउनु पर्ने छ।

प्रकाशित: २७ आश्विन २०८२ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App