४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

फेरि हरिहजुर नै भए नेपाली राष्ट्रिय पुरुष भलिबलको कप्तान

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा हरिहजुर थापा पुन: नियुक्त भएका छन्।  

शुक्रबार नेपाल भलिबल संघ (एनभीए)ले हरिहजुरलाई कप्तानको जिम्मेवारी दिएको हो। नेपाल त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेलिरहेका थापाले २०८० सालमा पनि कप्तानको जिम्मेवारी पाएका थिए।

नेपाली टोली बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबल खेल्दै छ। सो प्रतियोगिता आउँदो कार्तिक ५ देखि ११ गतेसम्म आयोजना हुँदैछ।

 

प्रकाशित: ३१ आश्विन २०८२ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App