लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्यास्टिक (एमएजी डब्लुएजी) कोर्समा सहभागी हुन ७ सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको उडिसा जाने भएको छ।
चैत ९ देखि १३ गतेसम्म हुने कोर्समा श्रीप्रसाद कोजु, श्रीकृष्ण खर्बुजा, नेप्पल कोजु, लुमिला मानन्धर, पिज्ज महर्जन, देवेश कोजु र सुनिल बुढाथोकी सहभागी हुने छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष राजकुमार कार्की, महासचिव मुकुन्दराज शर्मालगायतले शुक्रबार एक कार्यक्रमबिच बिदाइ गरे।
प्रकाशित: ७ चैत्र २०८२ ०७:२२ शनिबार





