८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

क्वार्टरफाइनलमा ज्ञानोदय र रेडियन्ट

ज्ञानोदय र रेडियन्ट पब्लिक बिहीबार चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ  क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

कीर्तिपुरस्थित आयोजक पुष्पसदनको कोर्टमा ज्ञानोदयले बाघभैरवलाई १७–१२ ले पराजित गर्‍यो। ज्ञानोदयको जितमा युनिस स्याङ्तानले ७ अंक योगदान गरे। सुलभको ८ अंक सहयोगमा रेडियन्ट पब्लिकले एलआरआईलाई ३८–१५ ले हरायो।

सिनियर ब्वाइजमै राराहिल र मंगल पनि क्वार्टरफाइनलमा पुगे। राराहिलले रेडियन्ट रिडर्सलाई ४७–३८ ले पाखा लगायो। राराहिलका कृष्ण विकले ११ स्कोर गरे। युनाइटेड युनिभर्सल विरुद्धको खेलमा मंगल ३०–११ ले विजयी भयो।

मंगलका अनुप महर्जनले १३ अंक बटुले । सिनियर ब्वाइजमा क्वार्टरफाइनल समीकरण तयार भएको छ। क्वार्टरफाइनल रेडियन्ट पब्लिक र ज्ञानोदय, पुष्पसदन र मेगस, राराहिल र भ्याली भ्यु तथा मंगल र निःसर्ग वाटिकाबीच हुनेछ। जुनियर ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ। राराहिलको भेट पुष्पसदनसँग हुनेछ भने निःसर्गले ग्रिनफिल्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २८ कार्तिक २०८२ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App