१० आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

नेशन्स लिगमा फ्रान्स र बेल्जियम विजयी, आज १० खेल हुँदै

यूईएफए नेशन्स लिगमा शुक्रबार भएका खेलमा फ्रान्स र बेल्जियमले विजयी सुरुवात गरेका छन्।

फ्रान्सले टर्कीलाई १–० ले पराजित गर्दा बेल्जियमले इटालीलाई २–० ले हरायो। फ्रान्सको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे। बेल्जियमले पनि इटालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै तीन अंक जोड्यो।

अन्य खेलमा उत्तरी आयरल्यान्डले जर्जियालाई १–०, युक्रेनले हंगेरीलाई १–०, स्विडेनले रोमानियालाई २–१ र आर्मेनियाले लाट्भियालाई २–० ले पराजित गरे। पोल्यान्ड र बोस्निया एन्ड हर्जेगोभिनाले गोलरहित बराबरी खेले भने मोन्टेनेग्रोले साइप्रसलाई २–१ ले हरायो।

आज शनिबार नेशन्स लिगमा १० खेल हुँदैछन्। स्लोभेनियाले स्कटल्यान्डसँग खेल्दा सान मारिनोले फिनल्यान्ड, फारो आइल्यान्ड्सले काजाकिस्तान, बुल्गेरियाले लक्जेम्बर्ग तथा आइसल्यान्डले इस्टोनियाको सामना गर्नेछन्।

आजकै अर्को खेलमा चेकिया र क्रोएसिया आमनेसामने हुँदा इंग्ल्यान्डले स्पेनसँग खेल्नेछ। नर्थ म्यासेडोनियाले स्विट्जरल्यान्ड, अल्बानियाले बेलारुस तथा स्लोभाकियाले मोल्डोभासँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १० आश्विन २०८३ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App