१० आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

एसियाली खेलकुद पुरुष क्रिकेटः नेपालको खराब सुरुवात, भुर्तेल ४ रनमा आउट

नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापान बीचको खेल सरु भएको छ। यो खबर तयार पार्दा नेपालले ३ ओभरमा १ विकेटको क्षतिमा १० रन जोडेको छ। नेपालका ओपनर कुसल भुर्तेल ४ रनमा आउट भएका छन्।

वर्षाका कारण ढिलो सुरु भएको खेल १५ ओभरमा छोट्याइएको छ। जापानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो।

निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भइरहेको खेलमा नेपालले सुरुआती दुई ओभरमा ५ रन जोडेको हो। वर्षाका कारण खेलको समय छोटिएसँगै नेपालले उपलब्ध १५ ओभरमा बढीभन्दा बढी रन बनाउने लक्ष्य राखेको छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। जापान भने पहिलो खेलमा अफगानिस्तानसँग ४८ रनले पराजित भएको थियो।

प्रकाशित: १० आश्विन २०८३ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App