२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

एसेज चौथो टेस्ट : अस्ट्रेलिया १३२ मा अलआउट, इंग्ल्याण्डलाई १७५ रनको लक्ष्य

एसेज शृंखलाको चौथो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ। मेलबर्न क्रिकेट मैदानमा जारी खेलको दोस्रो दिन अस्ट्रेलियाको दोस्रो इनिङ १३२ रनमा सीमित भयो।

अस्ट्रेलियाले इंग्ल्याण्डलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ। पहिलो इनिङमा अस्ट्रेलिया १५२ र इंग्ल्याण्ड ११० रनमा अलआउट भएका थिए।

अस्ट्रेलियाको दोस्रो इनिङमा ट्रेभिस हेडले सर्वाधिक ४६ रन बनाए। इंग्ल्याण्डका ब्राइडन कार्सले धेरै विकेट लिए।

खेलको पहिलो दिन दुवै टोलीको पहिलो इनिङ सकिएको थियो। टेस्ट इतिहासमा पहिलो दिन तेस्रो इनिङ सुरु भएको यो तेस्रो पटक मात्र हो।

दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले लक्ष्य पछ्याउँदै राम्रो सुरुवात गरेको छ।

प्रकाशित: १२ पुस २०८२ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App