प्रदेश वन निर्देशनालय, सुर्खेतको आयोजनामा प्रदेश स्तरीय वन प्राविधिक कप प्रतियोगिता सुर्खेतमा सम्पन्न भएको छ।
वन प्राविधिकहरूबीच आपसी एकता, भातृत्वभाव तथा टिम–बिल्डिङको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशबाट समेत सहभागिता रहेको थियो। सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा आएको टोलीले प्रतियोगितामा सहभागिता जनाएको थियो।
चार समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा जम्मा २४ टिम सहभागी थिए। प्रतियोगिताअन्तर्गत सिनियर डबल्सतर्फ प्रथम प्रकाश देवकोटा र जगत भण्डारी, द्वितीय जेपी बुढाथोकी र रोशन वली,तेस्रो नारायण देवकोटा र दिपेन्द्र श्रेष्ठ तथा सन्तोष वली र विमल चन्दको टिम विजयी भएका थिए।
त्यसैगरी भेटेरान्स डबल्सतर्फ प्रथम टेकबहादुर रावल र सन्त थापा, द्वितीय प्रताप सिंह र बुद्धि चौधरी भएका थिए। भेटेरान्स सिंगल्सतर्फ सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्ट विजयी भएका छन्। जुनियर तर्फ प्रथम भोला पुन र लिलाराज ढकाल, द्वितीय ललिराम चौधरी र जगत बुढा विजयी भएका थिए। खेल मंसिर २६ र २७ गते भएको थियो ।
कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश वन निर्देशक शेरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित: २८ मंसिर २०८२ १७:१४ आइतबार





