फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।
मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा निकै रोचक प्रतिस्पर्धामा ट्युनिसियाविरुद्ध स्वीडेनले ५-१ को फराकिलो जित हात पारेको हो।
खेलको ९०औँ मिनेटपछि स्वीडेनका यासिन अयारीले पाँचौँ गोल गरे। यो उनको दोस्रो गोल हो। यसअघि उनले खेलको र सातौं मिनेटमा पहिलो गोल गरेका थिए।
यस्तै, खेलको ८४औँ मिनेटमा स्वीडेनकै खेलाडीहरू म्याटियास स्वानबर्ग, ५९औँ मिनेटमा भिक्टर ग्योकेरेस र ३०औँ मिनेटमा अलेक्जेन्डर इसाकले १-१ गोल गरे। अयारीले दुई गोल गरेपछि स्वीडेनले विश्वकपमा ट्युनिसियालाई ५-१ ले पराजित गर्दै समूह एफ को शीर्ष स्थानमा पुगेको छ।
यस्तै, ४३ औं मिनेटमा ट्युनिसियाका लागि उमर रेकिक एक गोल गरेका थिए।
प्रकाशित: १ असार २०८३ ०९:४९ सोमबार





