२८ असार २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : इरान र इजिप्ट बराबरीमा खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा इरान र इजिप्ट बराबरीमा खेलिरहेका छन‍्।

सिटल स्टेडियममा जारी खेलमा इजिप्टले पाँच मिनेटभित्रै हासिल गरेको अग्रतालाई १४ मिनेटमै इरानले बराबरी बनाएको हो।

इजिप्टका लागि महमुद साबेरले खेलको पाँचौं मिनेटमा गोल गरेका थिए। यस्तै खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, जसमा इरानका मेहदी तारेमी गोल गर्न चुकेका थिए।

इरानका लागि १४ औं मिनेटमा रमिन रजाइनले गोल फर्काएपछि खेललाई बराबरीमा ल्याएका थिए।

प्रकाशित: १३ असार २०८३ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App