८ असार २०८३ सोमबार
image/svg+xml
खेल

फिफा विश्वकप : इजिप्टले न्युजिल्यान्डलाई हरायो

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराएको छ।

पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले ३-१ ले हराएको हो। समूह जी को यो खेलको ८२ औं मिनेटमा ट्रेजीले तेस्रो गोल गरेर न्युजिल्यान्डलाई पछाडि पारेका थिए।

यस्तै, खेलको ६७औं मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको थियो।

भ्यानकुभर बीसी प्लेस स्टेडियममा भएको खेलमा १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएको थिए। त्यसपछि ५८ मिनेटमा मोस्तफा जिकोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।

यो सँगै इजिप्ट अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित: ८ असार २०८३ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App