आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाई गरिएको छ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो।
च्यालेन्ज ट्रफी रुवान्डामा अप्रिल १८ देखि मे १ गतेसम्म हुँदैछ। प्रतियोगिताामा आयोजक राष्ट्र रुवान्डा सहित नेपाल, इटाली, अमेरिका र भानुआतुले सहभागीता जनाउँदै छन्।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय ।
प्रकाशित: २ वैशाख २०८३ ११:१६ बुधबार





