१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

६ लाख विद्यार्थीको खुट्टामा फुटबल पुग्ने अपेक्षा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा फुटबल फर स्कुल कार्यक्रमबाट देशको ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई फुटबल प्रदान गर्ने भएको छ।

एन्फाले ७७ वटै जिल्लाका एक हजार ७२ विद्यालयहरूमा ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गर्दै छ।

यस कार्यक्रमबाट चार वर्षदेखि १४ वर्षसम्मका करिब ५/६ लाख विद्यार्थीको खुट्टामा बल पुग्ने आशा रहेको एन्फाका महाचिव किरण राईले जानकारी दिए।

विद्यार्थीलाई फुटबलमार्फत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउने उद्देश्यले फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत ७७ वटै जिल्लाका विद्यालयलाई फुटबल प्रदान गर्न लागिएको हो।

शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा आगामी साउन १५ गते उक्त कार्यक्रम हुने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलनमार्फत एन्फाले यस कार्यक्रमबारे जानकारी दिएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपत्यकाका विद्यालयबाट करिब ३/४ हजार विद्यार्थी सहभागी गराउँदै फिफा फुटबल फर स्कुलको औपचारिक शुभारम्भ हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा फिफाको फुटबल फर स्कुलका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेजले फुटबल फर स्कुलको आवश्यकता र महत्तवबारे चर्चा गर्दै प्राथमिक तहका विद्यार्थीलाई फुटबलका माध्यमबाट व्यावहारिक ज्ञान दिने प्रयास रहेको बताए।

एन्फाका महासचिव किरण राईले करिब १५/१६ करोड बराबरको फुटबल प्रदान गर्न लागिएको र यस किसिमको कार्यक्रमले युवा खेलाडी उत्पादनमा महत्तवपूर्ण भूमिका खेल्ने बताए।

यसअघि दक्षिण एसियामा भारतले यो कार्यक्रम आयोजना गरेको र त्यसपछि नेपालले पनि यो कार्यक्रम गर्न लागको उनको भनाइ छ। उपत्यकाबाहिर भने त्यहाँ नै गएर फुटबल प्रदान गर्ने कार्यक्रम छ।

फिफा र युनेस्कोको सहकार्यमा यो कार्यक्रम आयोजना हुँदै आएको छ। यसले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पुर्‍याउने फिफाले लक्ष्य राखेको छ।

साथै, यस कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमका रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिता सिकाउने आशा गरिएको छ।

प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम दिइने यस कार्यक्रमको योजना छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा फुटबल फर स्कुल कार्यक्रमबाट देशको ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई फुटबल प्रदान गर्ने भएको छ।

एन्फाले एक हजार ७२ विद्यालयहरूमा ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गर्दै छ। यस कार्यक्रमबाट चार वर्षदेखि १४ वर्षसम्मका करिब ५/६ लाख विद्यार्थीको खुट्टामा बल पुग्ने आशा रहेको एन्फाका महाचिव किरण राईले जानकारी दिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साउन १५ गते उपत्यकाका विद्यालयबाट करिब ३/४ हजार विद्यार्थी सहभागी गराउँदै फिफा फुटबल फर स्कुलको औपचारिक शुभारम्भ हुँदै छ।

प्रकाशित: १२ श्रावण २०८२ २१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App