दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा आज दुई वटा खेल हुँदै छन्।
आइतबार पोखराको बहुउद्देश्यीय कभर्ड हलमा काठमाडौं स्पाईकर्स र मधेश यूनाईटेड तथा लुम्बिनी लाभाज र पोखरा निन्जान प्रतिस्पर्धा गर्दै छन्। पहिलो खेल दिउँसो २ बजे सुरु हुने छ। जहाँ काठमाडौं र मधेश भिड्ने छन्।
दोस्रो खेल अपरान्ह ४ बजे हुने छ। उक्त खेलमा लुम्बिनी लाभाज र पोखरा निन्जाज खेल्ने छन्। मधेश दोस्रो जितको खोजीमा हुने छ भने काठमाडौं, पोखरा र लुम्बिनी पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिने छन्।
भदौ २० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने छ।
प्रकाशित: २२ भाद्र २०८२ ११:३६ आइतबार





