वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लागि कर्णाली यशभिसमा अनुबन्धन भएकी ग्रिसकी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छिन्।
उनी सोमबार दिउसो नेपाल आइपुगेकी हुन्। इडब्लुभिएलको दोश्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ।
कर्णाली इडब्लुभिएलको साबिक विजेता हो। टोलीको मार्की खेलाडीको रुपमा सुमित्रा रेग्मी छिन्।
प्रकाशित: १६ भाद्र २०८२ १७:०१ सोमबार





